१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४५ करोडको कारोबार
काठमाडौँ । बुधबार सेयर बजार १०.३० अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६४८.९० अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४५ करोडको भयो ।
१५७ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १३ को स्थिर रह्यो । जीवन बीमा समूह सबैभन्दा धेरै १.७९ प्रतिशत बढ्यो । बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशत बढे । व्यापार ०.८९ र फाइनान्स ०.२८ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ९.६६, सुपरमाइ हाइड्रोपावरको ९.१८ तथा अपर लोहोरेखोला जलविद्युतको ४.१५ प्रतिशत मूल्य बढ्यो ।
एक्सप्रेस
सम्बन्धित खबर
मुलुकको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब
काठमाडौँ । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२,८३ सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थप वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैया...
दुई दिनमा ११९ अंक घट्यो सेयर बजार !
मिडियाबाजी डटकम काठमाडौँ, चैत १६ । सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ । नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घट...
आजदेखि यी कम्पनीको आईपीओ खुल्ला
काठमाडौँ । आजदेखि होटल फरेष्ट इन लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता सेयर जारी गरेको हो ।
कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता...
राष्ट्र बैंकले आज एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने,बजारमा अधिक तरलता कायमै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज शुक्रबार पुनः एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। नयाँ सरकार गठन भएको दुई साता बित्न लाग्दा समेत बजारमा तरलताको चाप कम नभएपछि केन्द्रीय ब...
आजको विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउन्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
यसैगरी युरोपियन युरो...



