दुई दिनमा ११९ अंक घट्यो सेयर बजार !
मिडियाबाजी डटकम काठमाडौँ, चैत १६ । सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ । नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो ।
आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २ हजार ९५० अंकमा थियो ।आज बजार खुलेपछि मध्य समयसम्म नियन्त्रित रहेको थियो ,त्यसपछि तीव्र ओरालो लाग्यो । बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो । २६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो ।
सेयर बजारमा सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१ अंकमा झरेको छ। नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले कुल ११९ अंक गुमाएको छ। आज २६ कम्पनीको मूल्य बढ्दा २३७ कम्पनीको मूल्य घटेको छ बजारमा जम्मा कारोबार रकम १२ अर्ब ९६ करोड रुपैयाँ भएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नागढुंगा सुरुङको भोलि उद्घाटन, आकस्मिक सवारी मात्र गुड्न पाउने
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमबारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको...
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पू...
ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...
देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा
काठमाडौँ । नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भए प...
सरकारले जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने
काठमाडौँ । सरकारले जनेजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदी...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । लगातार बढिरहेको सुन र चाँदीको मूल्य बिहीबार भने घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुध...



