सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै
काठमाडौँ । महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ। कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इन्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो ।
अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ। समयसमयमा सार्वजनिक कार्यक्रम हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना बनाइएको हो ।
वरिष्ठ इन्जिनियर अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इञ्च मलिलो माटो राखिने छ । यसमाथि घाँस रोपिनेछ। चउरमा छ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका आठ वटा आकाशे पानी संकलन पिट हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
सरकारले उपत्यकाका नदी किनारबाट विस्थापित प्रतिपरिवारलाई २५ हजार दिने
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका विभिन्न नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउँदा विस्थापित हुने परिवारलाई राहत स्वरूप एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित...
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईर...
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको मूल्य अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो...



