पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक, यी हुन् उत्कृष्ट ५ कृति !
काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले साउन १५ गते एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा पाँच वटा पुस्तक छनोट गरिएको जानकारी दिएका हुन् ।
निर्णायक मण्डलको सिफारिसबमोजिम पहिलो चरणको विस्तारित सूचीमा परेका १५ पुस्तकहरूमध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि यी ५ कृतिहरू छानिएका हुन् । प्रतिष्ठानका अनुसार संक्षिप्त सूचीमा परेका पुस्तकहरूको नाम अकारादि वर्णानुक्रमका आधारमा सार्वजनिक गरिएको छ ।
सूचीमा क्षितिज समर्पणको तोरकिन, सीमा आभासको महायुग, डा नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह र नदीशको हिउँद पुस्तक अटाएका छन् । प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिमध्येबाट एउटालाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। अब अन्तिम चरणमा यिनै ५ कृतिमध्येबाट सर्वोत्कृष्ट ठहरिएको एउटा पुस्तकले यस वर्षको पद्मश्री पुरस्कार प्राप्त गर्नेछ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा
काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...


