प्रेमको स्पन्दन दिने चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक
काठमाडौँ । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना ‘’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ। अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको रहेको छ।
गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ। युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ। यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल ‘’को सफलतापछि नयाँ गीतप्रति पनि दर्शकले उत्तिकै चासो दिने अपेक्षा गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
७५ वर्षीया अभिनेत्री बसुन्धरा भुसाल भन्छिन् : बढ्दो उमेरसँग डराउने होइन, रमाउने हो
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गरेकी छन् । न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएक...



