दुई तिहाइको बाटोमा रास्वपा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर बलियो अग्रता बनाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा १०२ क्षेत्रमा रास्वपा अगाडि रहेको छ ।
समानुपातिक तर्फ ५६ प्रतिशत ल्याएको छ । दुई तिहाइको बाटोमा रास्वपा दुई तिहाईको बाटोमा अघि बढेको छ । आज बिहान ६ बजेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेस १०, नेकपा एमाले १२ र नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अग्रस्थानमा रहेका छन्। त्यस्तै श्रम संस्कृति पार्टी ३ क्षेत्रमा अग्रता बनाइरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवार पनि एक–एक क्षेत्रमा अगाडि छन् ।
यसैबीच हालसम्म २२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार रास्वपाले १६ स्थानमा जित हासिल गरेको छ। नेपाली कांग्रेसले ५ स्थानमा जित निकालेको छ भने नेकपा ९एमाले० र नेपाली कम्युनिष्ट पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
सभापति देउवा र नेता कोइरालाबीच भेट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपल...
एमाले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट ईश्वर पोखरेल हटाइए, विष्णु रिमाललाई जिम्मेवारी
काठमाडौं । नेकपा एमालेले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट ईश्वर पोखरेललाई हटाएको छ। च्यासलमा बसेको सचिवालय बैठकले पोखरेलको स्थानमा विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो । हालै सम्पन्न ११औँ महाधिवेशनमा पोखरेल अध्यक्ष पदका उम्मेदवार ब...
परिवर्तनबारे मतदातालाई बुझाउन नसक्दा चुनाव जित्न नसकेको कांग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने निचोड निकालेको छ । प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान वैचारिक अवस्था र चुनावी परिणामका विषयमा केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै उनले...



