भोलिदेखि पुन आउँदैछ वर्षा गराउने प्रणाली
काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्यापकसमेत रहेका पोखरेलकाअनुसार शुक्रबार र शनिबार धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षा हुनसक्छ ।
यो वर्षा भारी हुनसक्नेसमेत उनले बताएका छन् । यसपटक काठमाडौं र मधेस प्रदेशमा पनि राम्रो वर्षा हुने सम्भावना रहेको पोखरेलको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा म...



