नेपाल प्रहरीमा डीआईजीको दरबन्दी थप गर्ने प्रस्ताव अस्वीकार
काठमाडौँ । सशस्त्र प्रहरीको कानुन तहलाई डिआइजी दरवन्दी दिने सरकारले नेपाल प्रहरीलाई भने विभेद गरेको छ । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप गर्ने प्रस्तावलाई अस्वीकार गरेपछि विभेद गरेको हो । गृह मन्त्रालयले दरबन्दी थपका लागि प्रक्रिया अघि बढाएकोमा अर्थ मन्त्रालयले त्यसरी अस्वीकार गरेपछि नेपाल प्रहरीले अरु तीन डिआइजी पनि आवश्यक रहेकोभन्दै सरकारलाई पठाएको आवश्यक दरवन्दी थप गर्न आग्रह गरेको हो ।
नेपाल प्रहरीले मानव स्रोत विकास विभाग र सञ्चार निर्देशनालयमा डीआईजीको दरबन्दी थप्न प्रस्ताव गरेको थियो । गृह मन्त्रालयले त्यसलाई स्वीकृत गरी सहमतिका लाथि अर्थ मन्त्रालय पठाएको थियो ।
तर, अर्थबाट फाइल आउँदा डीआईजीको दरबन्दी काटिएर आएको गृह मन्त्रालयका कर्मचारीको दावी छ । अर्थले तीन एसएसपीको तीन दरबन्दी थप्न भने स्वीकृती दिएको छ। तर डिआइजीको दरवन्दीलाई भने अस्वीकार गरेको हो । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन महाशाखा र सिआइबीको आर्थिक तथा वित्तिय अनुसन्धान महाशाखामा एसएसपीको दरबन्दी थप हुने निश्चित भएको छ । यो थप दरवन्दीसँगै अब एसपीबाट एसएसपीको बढुवा पनि हुने भएको छ ।
तल्लो तहका केही अनावश्यक दरबन्दी कटौती गरी माथिल्लो पदमा आवश्यकताअनुसार दरबन्दी मिलान हुन लागेको हो । आर्थिक भार नपर्ने गरी दरबन्दी मिलानको प्रस्तावमा पनि अर्थ मन्त्रालयले कैची लगाएपछि प्रहरी प्रधानकार्यालयले प्रहरीसँग असन्तुष्टि जनाएको छ । जबकी १४ जनाको दरबन्दी रहेको सशस्त्र प्रहरीको कानून महाशाखामा भने डीआईजीको दरबन्दी राख्न अर्थले स्वीकृत दिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सह...
६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति
काठमाडौँ । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् ।
प...
नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते
काठमाडौँ । नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा वि...
इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसा...
काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध : सार्वजनिक बसहरू उपत्यकामै रोकिए
काठमाडौँ । बिहीबारदेखि देशका विभिन्न स्थानमा निरन्तर भइरहेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू बन्द भएपछि सार्वजनिक सवारीसाधनहरू काठमाडौँमै रोकिएका छन् । देशका विभिन्न भागलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख राजमार्गहरू बन्द भएपछि सर्व...
बजार अनुमगनलाई तीव्र पार्दै विभाग
काठमाडौँ । चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो। तर, विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई आयोजकले...



