वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल
काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् । नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । ‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ। असंवैधानिक प्रक्रियाबाट सरकार गठन भयो, असंवैधानिक तरिकाबाट जुन सरकार बन्यो त्यो सरकारले गरेका सम्पूर्ण कामकारवाहीहरु स्वभाविक रुपमा असंवैधानिक नै हुन्छन्,’ उनले भने ।
बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाका कार्यकर्ताले राजा वीरेन्द्रको शालिकमाथि टेकेकोमा राप्रपाको आपत्ति
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङ जिल्लाको तुलसीपुरस्थित वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि उभिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । रास्वपाका अध्यक्ष रलि लामिछाने दाङ गएको बेलामा रास्वपा...
पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीको बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदनका लागि माओवादीले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको माओवादी केन्...



