शनिबार, १४ कात्तिक २०८३
नेपाली

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

Main News Image

काठमाण्डौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ। 

मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपश्चात् पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिको लागि उचित पहल जारी राख्ने जनाएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।

जिल्ला प्रहरी कार्यालय...

लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना

काठमाडौँ । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आ...