प्रधानमन्त्रीको सचिवालयले भन्यो_'पत्रकार पक्राउमा प्रधानमन्त्रीको संलग्नता छैन'
काठमाण्डौँ । पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री कार्यालय तथा प्रधानमन्त्रीको सचिवालयको कुनै संलग्नता नरहेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले प्रष्टीकरण दिएको छ। प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत समाचार कक्षमा सादा पोशाकका प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको बताएकी छन्।
दाहालले भनेकी छन, ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ।’
प्रधानमन्त्रीले घटनाबारे जानकारी पाउनासाथ नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको सचिवालयले जनाएको छ। उनले भनेकी छन्, ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
काठमाडौँ । आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोक...
रवि लामिछानेले उद्योगी व्यवसायीलाई भने– तपाईंहरू डराउनु पर्दैन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने...


