सोमबार, ०९ कात्तिक २०८३
नेपाली

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन : ओली

Main News Image

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन् ।

ओलीले भने, ‘भदौ २३ मा यत्रो युवाहरू मारिए। त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ ।’ उनले सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहने उल्लेख गर्दै प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नभएको जिकिर गरे ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ । सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका...

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

काठमाडौं । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ । गृहमन्त्रीको अध्यक्षतामा आइतबार बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन स...

शान्तिपूर्ण निर्वाचन भए एमालेले बहुमत ल्याउँछ : ओली

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण वातावरणमा निर्वाचन भए जनताकाबीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्दै अध...