अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट, युरो, पाउन्ड र दिनारको भाउ पनि उच्च दरमा घट्यो !
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका सबैजसो विदेशी मुद्राको विनिमयदर उच्च दरमा घटेको छ । हिजो यी सबै मुद्राको विनिमयदर उच्च दरमै बढेको थियो । आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा छ ।
हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा छ । हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०४ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ २९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ११ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ११ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ६५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ५३ पैसा थियो ।
आज बराइन दिनार १ को खरिदर ३८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ १६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६५ पैसा थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘बजेट लेखन समिति’ गठन, उत्तरकुमार खत्री संयोजक
काठमाडौँ । आगामी आर्थिक वर्ष आव ०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ ।
सरकारले बजेट निर्माणको पूर्वसन्ध्या...
साता दिनपछि घट्यो सेयर बजार, कारोबार पनि बढेन
चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे
काठमाडौँ । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...
ग्यासको कृत्रिम अभाव र मूल्य वृद्धि रोक्न पसल–पसलमा छापा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजारमा रहेका विभिन्न ग्यास पसलहरूको छड्के अनुगमन गरेको छ । पछिल्लो समय बजारमा ग्यासको कालोबजारी बढेको जनगुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी...
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमे...



