बुधबार, ११ कात्तिक २०८३
नेपाली

पेट्रोलियम पदार्थको मूल्य घट्यो !

Main News Image

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

mediabaaji add

सम्बन्धित खबर

सुन तोलामा एकैदिन ७,२०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो !

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा अत्यधिक वृद्धि भएको छ । बिहीबारको तुलनामा आज शुक्रवार सुनको मूल्य प्रतितोलामा एकैचोटि सात हजार दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोलामा एक सय ६५ रुपैयाँले वृद्धि भएको छ। अन्...

नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४९ करोड माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १४१ कम्पनीको सेयर म...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६...

काठमाडौं हिँडेका मिटरब्याजपीडित निजगढमै रोकिए, सहमति जुटाउने प्रयास जारी

बारा । मिटरब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु गरेको तेस्रो चरणको पैदल मार्च आज आठौं दिनमा प्रवेश गरेको छ। काठमाडौंका लागि हिँडेका आन्दोलनकारीहरू यात्राको पाँचौँ दिन बाराको निजगढ आइपुगेपछि भने अगाडि बढेका छ...

माघ महिनामा घट्यो घरजग्गा कारोबार, ५ अर्ब ९ लाख राजस्व संकलन

काठमाडौँ । माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिल...