एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डौँ । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो ।
गएको आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको भाउ आज उच्च दरमा वृद्धि भएको हो । हिजो तोलामा दुई हजार सातसय रुपैयाँ बढेर सुनको भाउ दुई लाख ८४ हजार सातसय पुगेको थियो । गएको सोमबार सुनको मूल्य तोलामा ४२ सय र आइतबार ६ सय रुपैयाँ बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार नौसय २० रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५०...
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ भरिने भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्...
बाजुराको अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी भएको छ। यहाँका स्याउ कृषकले स्याउ बिक्री गरेर एक करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उत...
देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा
काठमाडौँ । नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भए प...
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैस...
शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...



