एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डौँ । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो ।
गएको आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको भाउ आज उच्च दरमा वृद्धि भएको हो । हिजो तोलामा दुई हजार सातसय रुपैयाँ बढेर सुनको भाउ दुई लाख ८४ हजार सातसय पुगेको थियो । गएको सोमबार सुनको मूल्य तोलामा ४२ सय र आइतबार ६ सय रुपैयाँ बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार नौसय २० रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो ।
एक्सप्रेस
सम्बन्धित खबर
चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक दरअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनको तुलनामा केही घटेको देखिएको छ । फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि...
चुनावमा कति गरे बालेनले खर्च ?
सुरुङ्गा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वालेन्द्र साह बालेनले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार बालेनले निर्वाचन अभ...
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...
यस्तो छ शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १...
अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन
भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीक...



