लगातार तेस्रो दिन घट्यो सुनको भाउ, आज प्रतितोला २ लाख ८८ हजार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवस...
नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
काठमाडौँ । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।
बुधबार अर्थ मन्त्रालयमा आ...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रत...
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाइ एक हजार रुपैयाँ दरका नयाँ नो...
नेप्से परिसूचक झिनो अंकको घट्यो
काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अङ्कले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्से...
विदेशी मुद्राको विनिमय दर सार्वजनिक : डलर, युरो र पाउन्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ०४ पैसा र बिक्री दर १५२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
त्यसैगर...



