बुधबार, ११ कात्तिक २०८३
नेपाली

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

Main News Image

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु दुई हजार ४०० ले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम रु दुई लाख ४४ हजार ८५ निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो ।

आज चाँदीको मूल्य प्रतिदश ग्राम रु तीन हजार ७२० दशमलव ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

सुन र चाँदी मूल्य घट्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाण्डौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड...