बुधबार, ११ कात्तिक २०८३
नेपाली

सुनचाँदीकै मूल्यमा गिरावट, फेरि लगातार घट्न थाल्यो सुनको भाउ

Main News Image

काठमाण्डौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। प्रतितोला १५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख चारसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको सोमबारदेखि सुनको भाउ लगातार घट्दै आएको छ। मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार तोलामा तीन हजार रुपैयाँ घटेको थियो । 

गएको बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। आइतबार भने सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको थियो । गएको माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ८० रुपैयाँमा झरेको छ ।


गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो । 


mediabaaji add

सम्बन्धित खबर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर...

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति...

बजेटको मुखैमा हरियालीः कारोबार समेत बढ्यो !

काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिए...