अण्डाको मूल्य बढ्यो, किसानले अझै पाएनन् लागत मूल्य
काठमाण्डौँ । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्छ ।
संघका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट ३० वटाको ४५० बाट ५०० पुगेको छ। मध्यम अण्डा ४२० वाट ४७० पुगेको छ । सानो अण्डा ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट ५० बढेको हो । नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
लमजुङबाट २४ करोडको अलैँची बिक्री
लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी रु २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अ...
काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय बन्द
काठमाडौँ । काठमाडौंमा फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय गर्न बन्देज लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय सञ्चालनमा बन्देज लगाएको हो।
...सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यसैगरी, चाँदीको मू...
विकास बजेट खर्च गर्न कर्णाली सरकार असफल, साढे १२ अर्ब रुपैयाँ फ्रिज
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमै खर्च गर्न नसक्दा साढे १२ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल विनियोजित बजेटमध्ये चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत मात्र खर्च ह...
सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो
काठमाडौँ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ। चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको...
केरुङ-काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन तयार
काठमाडौँ । नेपाल र चीन जोड्ने बहुप्रतिक्षित काठमाडौं–केरुङ अन्तरदेशीय विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले अबको डेढ महिनाभित्र बुझाउने भएको छ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको प्रस्तुतीकर...



