आजदेखि अण्डाको मूल्य बढ्यो
काठमाडौँ । अण्डाको उत्पादनमा कमी र माग बढेसँगै मूल्य बढाइएको छ । लेयर्स कुखुरापालक संघले फार्म मूल्यका आधारमा वैशाख १ देखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ दरअनुसार ठूलो अण्डा एक क्रेट ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो ४५० रुपैयाँभन्दा १५ रुपैयाँ बढी हो। यस्तै, मझौला अण्डाको मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४०० रुपैयाँ थियो ।
यसअघि गत मंसिरमा अण्डाको मूल्य उच्च विन्दुमा पुगेको थियो। त्यतिबेला ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला ५५० रुपैयाँसम्म बिक्री भएको थियो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादन घटेको हो । नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढ्दा अण्डाको माग बढेको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट आयात घट्दा पनि आपूर्ति प्रभावित भएको छ । यी कारणले माग–आपूर्तिको असन्तुलन सिर्जना भई मूल्य वृद्धि भएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन...
सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सो सुनको प्रतितोला ३ लाख ४ हजार...



