अण्डाको मूल्य क्रेटमै ५० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौँ । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । आजदेखि ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौलाको ३७५ रुपैयाँ तोकिएको संघले जनाएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको व्यवसायीको भनाई छ। अहलिे प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने गरेको संघको दाबी छ ।
गएको माघ तेस्रो सातामा अण्डाको मूल्यमा भारी गिरावट आएको थियो । त्यतिबेला संघले ठूलो अण्डा प्रतिक्रेट ३० वटाको रु ३७५ र मिडियम रु ३३५ कायम गरेको थियो । उतिबेला मूल्य घट्दा निराश भएका किसानले अहिले केही राहत महसुस गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको नयाँ विनिमयदर तोकियो, अमेरिकी डलर र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युरोपियन युरो...
बागलुङ जोड्ने ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र
बागलुङ । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भए...
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । लगातार बढिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।
यससँगै मगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ क...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधब...
नेप्सेमा सामान्य अंकको वृद्धि, ६ अर्ब २० करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाखको सेयर कारोबार भएक...
माघ महिनामा घट्यो घरजग्गा कारोबार, ५ अर्ब ९ लाख राजस्व संकलन
काठमाडौँ । माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिल...



