नेपाली बजारमा केराको हाहाकार, अभावसँगै मूल्यमा भारी वृद्धि
काठमाडौँ । नेपाली बजारमा हाल केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैध रूपमा भित्रिने केरालाई व्यवसायीहरूले नै बहिष्कार गरेपछि बजारमा यस्तो अवस्था सिर्जना भएको हो । आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा आउने केरा जनस्वास्थ्यका लागि हानिकारक भएको भन्दै व्यापारीहरूले बिक्रीमा रोक लगाएका हुन् ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्तिमा आएको संकुचनका कारण भएको बताए। केही महिनाअघिसम्म भारतबाट ठूलो मात्रामा अवैध केरा भित्रिँदा बजारमा अभाव नदेखिएको भए पनि संघकै पहलमा त्यस्ता केराको बिक्री वितरणमा कडाइ गरेपछि आपूर्ति एकाएक घटेको उनले जानकारी दिए । नेपालको आफ्नै उत्पादन नगण्य भएको र भारतीय चोरी पैठारीका केरा रोकिएपछि बजारमा अभाव र मूल्यवृद्धि देखिएको उनको भनाइ छ ।
अध्यक्ष बानियाँका अनुसार गुणस्तरीय केराको अभाव हुँदा कतिपय स्थानमा उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । विशेषगरी ुफाइभ स्टारु होटल र रेस्टुरेन्टहरूले गुणस्तरीय केराका लागि जति पनि मूल्य तिर्न तयार हुँदा बजार अझ महँगिएको उनले स्पष्ट पारे । ग्रेडिङ, प्याकेजिङ र गुणस्तरको अभावका कारण नेपाली उत्पादनले माग धान्न नसकेको उनले स्वीकार गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
तीन महिनामा बागमतीको बजेट खर्च ६ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार...
काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन ग्यास उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको सूचनामार्फत आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी न...
बाढीले रसुवागढी नाका ठप्प भएपछि तातोपानी र हिल्साबाट सुरु भयो यात्रुको आउजाउ
काठमाडौँ । गत भाद्र १० गते आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालय लगायतका पूर्वाधारमा क्षति पुगेपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ ।
रसुवागढी नाका बन्द...
नेप्सेमा ९.४३ अंकको गिरावट, ८ अर्ब ९२ करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.४३ अंकले बढेर २७०५.३८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाखको सेयर कारोबार भएको छ । आज ८२ कम्पनीको सेयर मूल...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा ! अब एक डलरको नेपाली कति रुपैयाँ हुन्छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन...
सोलुखुम्बुमा सहुलियतको नुनको माग बढ्दो, एक वर्षमा ७२ लाखभन्दा बढीको बिक्री
सोलुखुम्बु । सोलुखुम्बुमा सहुलियत दरमा वितरण हुँदै आएको आयोडिनयुक्त नुनको खपत बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतिप्याकेट ९ रुपैयाँमा उपलब्ध गराउँदै आएको नुन गत आर्थिक वर्षमा ७२ लाख रुपैयाँभन्दा बढीको बिक्री भएको छ।
सल्लेरी डिपो...



