बुधबार, ११ कात्तिक २०८३
नेपाली

जेनजी आन्दोलनको घटनामा ओली नेतृत्वको सरकार दोषी : एमाले उपाध्यक्ष पाण्डे

Main News Image

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेनजी आन्दोलनको क्रममा २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गोली कसले चलायो भन्ने थाहा छैनुभन्न गलत रहेको जिकिर गरे ।

एमालेका उपाध्यक्ष पाण्डेले पार्टी सरकारमा रहँदा भएको उक्त घटनाले ठूलो दाग लगाएको स्वीकार गर्दै छानबिनमा पूर्ण सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। ुएमालेले जिम्मेवारी लिने हो भने माओवादी कार्यकर्ताजस्तै त्रासमा बस्नुपर्ने अवस्था आउँदैन, उनले भने। उनका अनुसार जेनजी आन्दोलन एमालेको आन्तरिक कमजोरीको परिणाम हो। पार्टी र सरकारका संयन्त्रहरू यति ठूलो आन्दोलनको पूर्वसूचना पाउन नसक्नु आफैँमा गम्भीर कमजोरी भएको उनको भनाइ छ ।

साथै, पाण्डेले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न कठिन हुने बताए । चुनावको मनोविज्ञान बनेको छैन, सरकारको तयारी पर्याप्त छैन, तर निर्वाचन नहुनु देशलाई झन् अनिश्चिततामा धकेल्नेछ।

mediabaaji add

सम्बन्धित खबर

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। आजको बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्य...

जेनजी प्रदर्शनमा प्रहरी हत्या : थप ५ सहित हालसम्म ९ जना पक्राउ, महाराजगञ्जमा दुई र कोटेश्वरमा एकसहित ३ प्रहरीको हत्या

काठमाडौँ । महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७...

विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए । प्रस्तावक स्वयम अनुपस्थित भएक...