चुनावमा भोट हाल्न काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, २० गतेसम्म सवारी साधन चल्ने
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने नागरिकको संख्या तीव्र रूपमा बढ्न थालेको छ । विभिन्न पेसा–व्यवसायमा आबद्ध भई उपत्यकामा बसोबास गरिरहेका मतदाता मतदानका लागि गाउँ जाने तयारीमा जुटेका छन् ।
निर्वाचन आयोग ले निर्वाचनको दिन शान्ति र सुव्यवस्था कायम राख्ने उद्देश्यले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यकबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । आयोगको यो निर्णयसँगै यात्रुहरू अग्रिम रूपमा घर फर्किन थालेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार निर्वाचनको अवसरमा करिब ७ देखि ८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान छ । उनका अनुसार केही दिनयता यात्रुको चाप बढ्दो क्रममा छ र आगामी दिनमा अझै वृद्धि हुने देखिएको छ ।
विशेषगरी मधेस प्रदेश तर्फ जाने सवारी साधनमा अत्यधिक भीड देखिएको छ । निर्वाचनसँगै होली पर्वसमेत नजिकिएकाले यात्रु चाप दोब्बरजस्तै भएको व्यवसायीहरू बताउँछन् ।
एक्सप्रेस
सम्बन्धित खबर
पहाड र हिमालमा वर्षा र हिमपात, लुम्बिनीमा ‘भारी’ वर्षाको सतर्कता
काठमाडौँ । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल...



