बिहिबार, १२ कात्तिक २०८३
नेपाली

नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो !

Main News Image

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ११ दशमलव ५१ अंकले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अंकले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अंकले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

केरुङ-काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन तयार

काठमाडौँ । नेपाल र चीन जोड्ने बहुप्रतिक्षित काठमाडौं–केरुङ अन्तरदेशीय विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले अबको डेढ महिनाभित्र बुझाउने भएको छ । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको प्रस्तुतीक...

विनिमयदर निर्धारण : अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा पुगेको छ ।

यस...

नेप्सेमा ४.२८ अंकको गिरावट, ४ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ...

समस्यालाई अवसर बनाउँदै इरान, युद्धको आडमा अरबौं डलर कमाइ

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँगको युद्धलाई अवसरमा परिणत गरेको छ । अमेरिकाले खार्ग इरानको टापु नजिकैको सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो, तर विश्वव्यापी तेल संकटको डरले तेल टर्मिनललाई प्रत्यक्ष रूपमा निशाना बनाएको थिएन। यसको फाइदा उठाउँदै,...