शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

नेप्से परिसूचक २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको दोस्रो दिन आज सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको हो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ ।

सोमबार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै उपसूचक ओरालो लागेका छन्। उक्त समूहको सूचक भने ०.२५ प्रतिशतले बढेको छ ।

क्षेत्रगत रूपमा बैंकिङ १.६१ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.७१ प्रतिशत, होटल तथा पर्यटन ०.२६ प्रतिशत, लगानी १.५२ प्रतिशत, जीवन बीमा ०.९४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत, अन्य १.०९ प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

६४ अंकले बढ्यो शेयर बजार, २१ अर्बको कारोबार

काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ । निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।

५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा...

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट...

सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । य...

आज ९.७८ अंकले बढ्यो नेप्से, ३ अर्ब ९४ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ । आज १६७ क...

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना

काठमाडौँ । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५...