ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय
काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । त्यसका लागि अध्यक्षका दाबेदार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पदको टुंगो लगाएका छन् । पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ। यसैगरी उपाध्यक्षमा गोकर्ण विस्ट र उपमहासचिवमा योगेश भट्टराईलाई अगाडि बढाउने तय भएको छ ।
यसैगरी सचिवमामा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाममा छलफल भएको छ । निर्वाचन कार्यतालिका अनुसार, अहिले बिहान १०ः३० बजेबाट उम्मेदवारी दर्ता खुल्ने छ । एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरु हुनेछ ।
एमालेले नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्। एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब पाँच प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजे...
आज सङ्घीय संसद्को दुवै सदनको बैठक
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद अर...
गेमिङ र आईटी क्षेत्रमा कर तथा नीति सुधार गर्ने प्रधानमन्त्री बालेनको घोषणा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालमा गेम बनाएर विश्वभर सफलता हासिल गरेका नेपाली कम्पनीहरू रहेको उल्लेख गर्दै गेम डेभलपमेन्ट क्षेत्रलाई उद्योगका रूपमा अघि बढाउन सरकारले आवश्यक नीति तथा वातावरण निर्माण गर्ने बताएका छन्। प्रधानमन्त्री शाहले स...
कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपु...
विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । पौडेलकी पत्नी निवेदक रहेको उक्त रिटमा पौडेललाई राजनीतिक प्रतिशोध साँध्न कुन...
पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौँ । पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले बदर गरेर धरौटीमा रिहा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र स...



