घट्यो काठमाडौँको न्यूनतम तापक्रम
काठमाण्डौँ । सुरुवाती मापनमा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ
हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । यद्यपि पछि बिहान ८:४५ बजे घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो । आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले सोही समयमा पुनस् मापन गरिनेछ । त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्...
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती,गण्डकी र लुम्बिनी...
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल ल...
स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेरसम्बन्धी प्रारम्भिक मस्यौदामा राय तथा सुझाव माग गरेको छ । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला निकायल...
पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने
काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्...
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
ढोरपाटन । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए...



