मङ्गलबार, १९ जेठ २०८३
नेपाली

अघिल्लो दिनभन्दा घट्यो काठमाडौंको न्यूनतम तापक्रम

Main News Image

काठमाडौँ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो । हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस थियो ।

यद्यपि पछि बिहान ८ः४५ बजे घटेर सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको थियो । त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले त्यही समयमा मापन गरिनेछ। जतिबेला अहिले बिहान ५ः४५ बजे देखिएको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८ः४५ बजे र अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।

mediabaaji add

सम्बन्धित खबर

सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यसवर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीला...

एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बील...

मकवानपुरमा टाटा सुमो दुर्घटना: ६ मृतक, चारको सनाखत

काठमाण्डौँ । मकवानपुरको भीमफेदी–६ जुरीखेतमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई नेपाली र दुई भारतीय नागरिकको सनाखत भएको छ भने दुई जनाको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा तीन जना घाइते छन्, जसमध्ये दुईको...

अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । कार...

कर्मचारी ट्रेड युनियन खारेज : राजनीति गर्ने कर्मचारीको जागिर जाने

काठमाडौँ ।  मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गराई सुशासन कायम गर्ने उद्देश्यका साथ सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐन सं...