अघिल्लो दिनभन्दा घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौँ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो भन्दा तल झरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस देखिएको हो । हिजो यस बेला यो तापक्रम ५.५ डिग्री सेल्सियस थियो ।
यद्यपि पछि बिहान ८ः४५ बजे घटेर सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको थियो । त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले त्यही समयमा मापन गरिनेछ। जतिबेला अहिले बिहान ५ः४५ बजे देखिएको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८ः४५ बजे र अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति
हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत...
बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित आठ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले आठ हजारको सङ्ख्यामा प्रहरी परिचालन गरेको छ। प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित...
सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग
काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई चुस्त एवं प्रभावकारी बनाउन संसद्बाट अविलम्ब सर्वदलीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको...
ललितपुरका सडक फूलले सजाइने
ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।
ललितपुर महानगरप...



