बिहिबार, १२ कात्तिक २०८३
नेपाली

हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो

Main News Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको कारण शिवम सिमेन्ट उद्योगको लाइन काटेको हो ।

शिवम सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी रहेकाले लाइन काटिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख शिवराज यादवले बताए। आज बिहान शिवमको लाइन काटिएको जानकारी दिए । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ ।

जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए ।

mediabaaji add

सम्बन्धित खबर

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ क्रस–बर्डर सेवाको सुरुवात

काठमाण्डौँ । एनएमबी बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठ...

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८९, नियमविपरीत ‘र...

नेशनल लाईफले ग¥यो बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाण्डौ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा...

नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा कूल ५.०१ अर्ब रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल, उत्पादन र व्यापार बढ्दा बाँकी १०...

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभा...

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि राहत तथा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रि...