आइतबार, ०७ भदौ २०८३
नेपाली

साना किसानको दैनिक ६० हजार दुध डिडिसीलाई दिने सम्झौता कार्यन्वयन सुरु

Main News Image

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दैनिक ६० हजारभन्दा बढी दूध खरिदबिक्री गर्ने बारे भएको त्रिपक्षीय सम्झौता कार्यन्वयनमा आएको छ । गत साउन २७ गते भदौ १ गतेदेखी केन्द्रीय संघ र लघुवित्त संस्थाका सदस्य संस्था एवम् किसानहरुले उत्पादन तथा संकलन गरेको दुध डिडिसी मार्फत बजारीकरण गर्ने सम्झौता कार्यन्वयन गर्दै आजैबाट दुध दिन सुरु भएको नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीले जानकरी दिनुभयो । 

उहाँले पहिलो दिन मकवानपुरको हाँडी खोलामा रहेको साना किसान कृषि सहकारी संस्थामा ३ हजार क्षमताको चिस्यान सुरु गर्दै देशभरबाट निकट भविष्यमै दैनिक ६० हजार भन्दा बढि दुध डिडिसी मार्फत बजारीकरण गरिने जानकारी गराउनुभयो । डिडिसीले यी दुई संस्थाका सञ्जालमार्फत ग्रामीण क्षेत्रमा उत्पादीत दुध बजारका उपभोक्तासम्म पुर्याउने उद्धेश्य सहित त्रिपक्षीय सम्झौता गरी किसानको दुध संकलन र विक्रिवितरणका लागि सहयोग गर्न सुरु गरेको हो । 

केन्द्रीय अध्यक्ष उप्रेतीले पहिलो दिनमै संस्था र किसानहरुको उत्साहजनक सहभागीता रहेको र यस अघि नजोडिएका सञ्जालका संस्थाहरुपनि यस अभियानमा जोडिन चाहेको बारे आफुलाई जानकारी प्राप्त भएकोले अब संस्था र डिडिसीको नजिक रहेको आयोजनाबीच सम्झौता गरेर अगाडि बढ्ने बताउनुभयो । 

नेपाली दुग्ध उत्पादक किसानहरुका लागि यो एक कोशेढुंगा सावित भएको भन्दै अध्यक्ष उप्रेतीले किसानहरुको जीवनस्तर उकास्ने कुरामा दुग्ध विकास संस्थाले देखाएको सक्रियता र दिएको साथले अहिले किसानहरु उत्साहित बनेको प्रतिक्रिया दिनुभएको छ । 

यस सम्झौता अनुसार आगामी दिनमा किसानहरुको दुग्ध उत्पादन र उत्पादकत्व बढाउने गुणस्तरीय उत्पादन बढाउने पशुजन्य रोग तथा संक्रमणबाट बच्न तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने लगायतका साथ सहयोग पनि किसानहरुलाइ प्रदान गरिने छ । 

डिडिसीले तत्कालका लागि दुध संकलन केन्द्रमा चिस्यान नभएको स्थानमा चिस्यान र त्यसका लागि आवश्यक उपकरण प्रदान गर्ने कार्य समेत गरिरहेको अध्यक्ष उप्रेतीले जनाउनुभयो । 

यसअघि नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष उप्रेती साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का अध्यक्ष खेम बहादुर पाठक लगायतको उपस्थितीमा गत साउन २७ गते दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सरन कुमार पाण्डे नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रबन्धक डा. रुद्र बहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दिपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 


mediabaaji add

सम्बन्धित खबर

लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात

काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दिपावली र बत्ती एक अर्काका परिपूरक हुन् । नेपाल व...

म्यान्मारका दुई धार्मिक स्थलको पुनर्निर्माणका लागि नेपालले दियो साढे तीन लाख अमेरिकी डलर

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले...

नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब १६ करोड माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको सेयर मू...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै, भारतबाट मात्रै ३० हजार ल्याइने

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यम...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी ग...

आज सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ४९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्...