सामाजिक सञ्जालको प्रभावले सञ्चार माध्यमको स्थायित्वमा चुनौती : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल आम सञ्चार माध्यमहरूलाई टिक्न कठिन अवस्था सिर्जना भएको बताएका छन् । आइतबार सार्वजनिक सेवा प्रसारण र ‘एनटिभी वर्ल्ड’ च्यानलको औपचारिक उद्घाटन समारोहमा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जालको प्रभावले परम्परागत मिडियाको काम चुनौतीपूर्ण बनेको बताए ।
सामाजिक सञ्जालको दबाबबीच पनि विश्वसनीय समाचार र सूचनाको माध्यमका रूपमा परम्परागत सञ्चार माध्यमले आफ्नो भूमिका मजबुत बनाउन जरुरी रहेको उनको भनाइ छ । मन्त्री खरेलले आजदेखि सुरु भएको ‘एनटिभी वर्ल्ड’ले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचनका लागि नौ प्रकारका सामग्री आयोगले केन्द्रबाटै पठाउने
काठमाडौँ । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सा...
सेनाले आफ्नो मोबाइल सिज गरिदिएको ओलीको खुलासा
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले सो जनाकारी गराएका हुन् ।
रास्वपा सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेता नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारततर्फ लागेका हुन् ।
...



