बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ
काठमाण्डौँ । बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ । मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ हाल धुलिखेल नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका ६ घर भएका ३२ वर्षका दिपक रोक्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान सवा ८ बजेतिर बनेपा नगरपालिका ७ चाँदनी चोकमा बाप्र०२०६३प ९१८९ नम्बरको स्कुटरलाई बाप्र०१ ००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा प्रधानको घटनास्थलमै मृत्यु भएको थियो ।
सुरुमा उनको सनाखत हुन सकेको थिएन । पछि सवारी चालक अनुमतिपत्रको आधारमा प्रधानको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिस्टले जानकारी दिए । मृतकको शव प्रहरीले सिर मेमोरियल अस्पतालमा राखेको छ । स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन्। आगजनीको कारण केहीबेर त्यहाँको अवस्था तनाबग्रस्त बनेको थियो ।
स्थानीयको विरोधको कारण अरनिको राजमार्गमा केहीबेर यातायातसमेत अवरुद्ध बनेको थियो। आगजनी भएको टिपरलाई सडकबाट अटाएपछि अहिले यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने
काठमाडौँ । हाल देशभर मनसनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागे...
डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्या हट्यो
काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकममा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले...
मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती...
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरीको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह
काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वदेखि पश्चिमसम्म सक्रिय रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा व्यापक परिवर्तन आउने प्रक्षेपण गरिएको छ । जल तथा म...
मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव- यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौंका केही ठाउँमा बिहान पानी छिट्याएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया...
भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी
काठमाडौँ । समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।



