बुधबार, ०७ असोज २०८३
नेपाली

बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ

Main News Image

काठमाण्डौँ । बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ । मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ  हाल धुलिखेल नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका ६ घर भएका ३२ वर्षका दिपक रोक्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।  बुधबार बिहान सवा ८ बजेतिर बनेपा नगरपालिका ७ चाँदनी चोकमा बाप्र०२०६३प ९१८९ नम्बरको स्कुटरलाई बाप्र०१ ००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा प्रधानको घटनास्थलमै मृत्यु भएको थियो । 

सुरुमा उनको सनाखत हुन सकेको थिएन । पछि सवारी चालक अनुमतिपत्रको आधारमा प्रधानको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिस्टले जानकारी दिए । मृतकको शव प्रहरीले सिर मेमोरियल अस्पतालमा राखेको छ ।  स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन्। आगजनीको कारण केहीबेर त्यहाँको अवस्था तनाबग्रस्त बनेको थियो । 

स्थानीयको विरोधको कारण अरनिको राजमार्गमा केहीबेर यातायातसमेत अवरुद्ध बनेको थियो। आगजनी भएको टिपरलाई सडकबाट अटाएपछि अहिले यातायात सुचारु भएको प्रहरीले जनाएको छ । 


mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिम...

नयाँ प्रणालीबाट विद्युतीय राहदानी

काठमाण्डौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ । 

विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविध...

पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थान...

मौसम पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन आवश्यक : मन्त्री सिन्हा

काठमाडौँ । कानून मन्त्री अनीलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् । विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्...

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली आकाशमा बादल रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ...

अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने

काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशा...