सोमबार, ०५ असोज २०८३
नेपाली

बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका दुवैको खुल्यो पहिचान

Main News Image

काठमाण्डौँ । कपिलवस्तुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा मृत्यु भएका दुवैको पहिचान खुलेको छ । आइतबार बिहान १ बजे शुद्धोधन गाउँपालिका(६ बिमियाको हुलाकी सडक खण्डमा लुप्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

मृतकहरू यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिए । दुर्घटना हुँदा मोटरसाइकल सर्जुले चलाएका थिए। सर्जु र रामबहादुर नजिकका आफन्त पनि हुन् ।


mediabaaji add

सम्बन्धित खबर

इजाजत प्राप्त हातहतियार प्रशासन कार्यालयमा बुझाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि गृ...

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।

...

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती...

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।

भोटेकोशीमा ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

काठमाडौँ  । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठुलो बाढी...

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभाग...