काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना
काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका २ मा हेलिकोप्टर दुर्घटना भएको छ । बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर डानेष्टिको नाइन एन एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तर, हेलिकोप्टरमा पाइलटसहित सहित ५ जना सवार थिए । एकजना यात्रुको खुट्टामा चोट लागेको छ । घाइतेलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ। उद्धार कार्यका लागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
२४ घण्टाभित्र देशका विभिन्न ७ स्थानमा आगलागी
काठमाडौँ । सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देश...
सैपाल केन्द्रविन्दु भएर गयो भूकम्प
बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर...
भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार
बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...
कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी
मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो...
आज चैते दशैंको घटस्थापना
काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको स...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्...



