सरकारले सात लाख विद्युतीय राहदानी खरिद गर्ने
काठमाडौँ । सरकारले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नभएसम्मको अन्तरिम अवधिका लागि सात लाख विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशमार्फत खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिने निर्णय गरेको हो ।
राहदानीको अभाव बढ्दै गएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगको व्यवस्थापनको सट्टा अन्तरिम अवधिका लागि विद्युतीय राहदानी खरिद तयारी अघि बढाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...
आगलागीबाट दैनिक क्षति, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए । उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईव...
सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा
काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णय अनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बना...



