बुधबार, ११ कात्तिक २०८३
नेपाली

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

Main News Image

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन्। उनले भनिन्, ‘आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उहाँको निवासमा आगजनी हुँदा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी हुन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उहाँलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेकी हुन्। जेनजी आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो। उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ।

mediabaaji add

सम्बन्धित खबर

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै साँझ शपथ ग्रहणको तयारी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।

निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार दिउ...

बाह्य दाबीलाई सरकारको चुनौती, लिपुलेक नेपालको अविभाज्य भूमि हो

काठमाडौँ । सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिबद्ध रहेको पुन दोहोर्‍याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एव...

पार्टीभित्रको विभाजन रोक्दै एकताको बाटो खोज्न डा. शेखर कोइरालाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र मौलाउँदै गएको आन्तरिक विभाजन र गुटबन्दीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा कोइरालाले कांग्रेसको आसन्न...