मङ्गलबार, २३ भदौ २०८३
नेपाली

बालिका गरिमा चौधरीको अभिभावकसँग सरकारले गर्‍यो तीनबुँदे सहमति

Main News Image

काठमाडौँ । सिमरामा हत्या गरिएकी बालिका गरिमा चौधरीको आमा-बुवासँग सरकारले तीनबुँदे सहमति गरेको छ । गृह मन्त्रालयमा भएको वार्तापछि सरकारले तीनबुँदे सहमति गरेको हो । शनिवार गृहमन्त्री सुधन गुरुङले हत्या गरिएकी बालिकाको अभिभावकलाई वार्ताका लागि सिमराबाट काठमाडौं झिकाएका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बालिकाको अभिभावकलाई कृषिमन्त्री गिता चौधरीले गृह मन्त्रालय लगेकी थिइन्। गृहमन्त्री गुरुङ, कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, महिला बालबालिकामन्त्री सिता वादीको उपस्थितिमा परिवारसँग तीनबुँदे सहमति भएको हो । 

सहमतिमा जघन्य अपराधका घटनामा नागरिक अपेक्षाअनुसार विद्यमान कानुन परिमार्जन गर्ने उल्लेख छ । विद्यमान कानुनमा भएको सजायको व्यवस्था पुनरवलोकन गरी कानु तर्जुमाका लागि सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने, सम्झौतामा भनिएको छ । बालिकाको अभिभावकको चाहनाअनुसार सालिक बनाउन पूर्वाधारमन्त्री सुनिल लम्सालले स्थानीय तहसँग समन्वय गर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै,बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रितअनुसार बालिकाको अन्त्येष्टि गर्ने सहमतिमा उल्लेख छ । उक्त सहमतिमा मन्त्रीहरूसँगै बालिकाकी बुवा मनोजकुमार चौधरी र आमा मानमति चौधरीको हस्ताक्षर छ । 


mediabaaji add

सम्बन्धित खबर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ । हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्द...

आज देशभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

काठमाडौँ । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गरेर प्रतिनिधि चयन गरिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । यसका लागि मंसिर ११ गते सबै निर्...

रविको प्रतिक्रिया- हिसाब मिलाउन बाँकी नै छ, मैले बोल्ने समय आउँदैछ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूले बोल्ने समय आउँदै गरेको बताएका छन् । अदालतले थुनामुक्त हुन आदेश दिएपछि बुटबल पुगेका रविले आफूले समय आएपछि मज्जाले बोल्ने दावी गरे। ‘यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाड...

स्वदेश फर्किएलगत्तै सम्पर्क कार्यालय पुगे देउवा, शुक्रबार राष्ट्रिय भेलामा सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि स्वदेश फर्किएलगत्तै पार्टीको संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन् । बिहीबार थाई एयरको उडानमार्फत करिब साढे १२ बजे काठमाडौं अवतरण गरेका देउवालाई विमानस्थलब...

सरकारको शासकीय सुधारको संक्षिप्त कार्यसूची यसप्रकार रहेका छन् !

1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।

2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।

3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।

4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।

5. दलित तथा वञ्...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् । सोमब...