बुधबार, ११ कात्तिक २०८३
नेपाली

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन : मन्त्री गुप्ता

Main News Image

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरकार अहिले आर्थिक रुपमा कमजोर रहेको बताए । उनले स्रोत साधनले भ्याएसम्म समस्याहरु समाधान गरेर अगाडि बढ्ने बताए।

उनले भने, ‘सरकारले गर्नुपर्ने केही भौतिक संरचनाको कुराहरु छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको कुरा पनि छन्। तर सरकार अहिले आर्थिक रुपमा कमजोर अवस्थामा भएको कारण चाहेको खण्डमा सबै काम गर्न सकिरहेको छैन्। हामीसँग भएको स्रोत साधनले जति हुन्छ समस्याहरु साधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ।’

यस्तै, उनले ट्राफिक र सवारी चालकहरुले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने भन्दै यदि सकारात्मक दृष्टिकोण भएन भने सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम कार्यान्वयन हुन गाह्रो हुने बताए।

mediabaaji add

सम्बन्धित खबर

राजनीतिक दल होस् त यस्तो !

राजनीतिक इतिहास निकै जटिल मोडमा छ। जनता राजनीति सम्झिंदा मात्रै पनि झसङ्ग-झसङ्ग तर्सिने हुन्छन्। राजनीतिले सही दिशा लिन सकेन भने सिङ्गो मुलुक अकल्पनीय संकटमा जाने दुःखद् परिकल्पनाले आम नेपालीलाई सताइरहेको छ। किन-किन चाडपर्वहरू पनि खल्ला छन्। मेरो...

दाइजोसहितको विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

काठमाडौँ । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने कुनै पनि विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् । विवाहको सिजन चलिरहँदा आफूले प्राप्त गरेका निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह’ उल्लेख नभएकोप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी ह...

अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर काठमाडौंमा

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस। पल कपुर आज काठमाडौं आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने कपुर नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहि...