नेपाल प्रहरीलाई अझ सक्षम र प्रविधियुक्त बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी दिनमा आउन सक्ने सम्भावित विपद्हरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले अग्रभागमा खटिएर नागरिकको सेवा गर्ने प्रहरीलाई सबल बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए।
प्रहरी कर्मचारी, तिनका परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको उनले जानकारी दिए।
कर्तव्य पालनाका क्रममा भोटेकोशी(त्रिशूलीको विपद् लगायत विभिन्न समयमा अमरत्व प्राप्त गरेका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते तथा अशक्त प्रहरीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
एक्सप्रेस
सम्बन्धित खबर
गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पराजुलीलाई दलको उपनेतामा चयन गर्दा पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्...
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड
काठमाडौँ । प्रतिनिधिसभा सांसादहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मनसुनजन्य विपद्, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खाना पकाउने ग्यासको आपूर्ति, सामाजिक सुरक...
गगन नेतृत्वको कांग्रेसले समानुपातिक सूची संशोधन गर्ने
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्य...
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल...
२३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित : पूर्वगृहमन्त्री लेखक
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजद...
रास्वपाले टिकट पैसामा बाँडेको भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा
पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले आज सामाजिक सञ्जालबाट पार्टी छाडेका घोषणा गरेका हुन् । राईले फेसबुकमा लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमान्दारिले...



