सरकारले ७ हजार ५१४ को उद्धार गर्यो, ५ अर्ब बढी राहत कोषमा जम्मा भएको छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यहरूको एकीकृत प्रगति विवरण सार्वजनिक गरेका छन् । भदौ १० गते आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएको सन्दर्भमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको र राज्यका सम्पूर्ण संयन्त्रहरू अहोरात्र उद्धारमा खटिएको स्पष्ट पारेका छन्।
प्रतिकूल मौसम र कठिन भौगोलिक परिस्थितिका बाबजुद हवाई तथा स्थलमार्गमार्फत हालसम्म ७ हजार ५१४ जना मानिसको सफलतापूर्वक उद्धार गरिएको प्रधानमन्त्रीले जानकारी गराएका छन्। उद्धार गरिएकामध्ये विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जना मजदुर तथा कर्मचारीसमेत रहेका छन्। बाँकी क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले छोडे पद
काठमाडौँ । मुलुककै जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बिहीबार कुलपति ए...
विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ २२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
यसैगरी, युरोपि...
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३...
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
काठमाडौँ । नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट...
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने क...
नेपाल राष्ट्र बैंकले आज एक खर्ब निक्षेप संकलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता नगद व्यवस्थापन गर्न आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ८३ दिनको परिपक्व अवधि रहने गरी निक्षेप संकलन...



