युद्धग्रस्त मध्यपूर्वमा नेपाली श्रमिक जाने क्रम रोकिएन, फागुन महिनामै बाहिरिए ५२ हजार बढी
काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच सरकारले केही देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको भए पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएका छन्। तीमध्ये ४६ हजार ४ सय ५२ पुरुष र ६ हजार ३ सय ९२ महिला रहेका छन् ।
तथ्यांक अनुसार २८ हजार ३ सय ८३ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसबीच इरान, अमेरिका र इजरायलबीचको युद्धका कारण मध्यपूर्व क्षेत्रमा सुरक्षा जोखिम बढेपछि सरकारले खाडी तथा अन्य केही देशमा श्रम स्वीकृति अस्थायी रूपमा रोकेको छ। युद्ध सुरु भएको १७ दिन बितिसकेको छ र इरानले विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ। यसले यूएई, कतार, साउदी अरेबिया, ओमान र बहराइनमा रहेका नेपाली कामदारको सुरक्षालाई लिएर चिन्ता बढाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ नियुक्त
काठमाडौF . शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिको प्राज्ञिक गरिमालाई उच्च बनाउन एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञहरूलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।
मन्त्रालयले सूचना प्रविधि, उद्...
कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै
काठमाडौँ । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । “महिलाको समानुपातिक समावेशिता परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते...



