बागलुङका बगानमा पाके सुन्तला, किसानले पाएनन् उचित मूल्य
बागलुङ । बागलुङका ग्रामीण क्षेत्रका सुन्तला बगान यतिबेला पहेँलै भएका छन् । तर, सुन्तला पाकेर बगान राम्रो देखिए पनि किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन्। व्यापारीहरू बगानमै आएर सुन्तला खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरूले बताए ।
काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट सुन्तला उत्पादनका लागि प्रसिद्ध क्षेत्र हुन्। सहरमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट ४० देखि ५० रुपैयाँमै लैजाने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए। व्यापारीका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उनको भनाइ छ ।
लाखौँको सुन्तला उत्पादन गर्दै आएका खड्काले उत्पादनलाई सही रूपमा बजारीकरण गर्ने वातावरण नहुँदा समस्या भएको बताए। उनले भने, उत्पादनअनुसारको मूल्य पाउने हो भने किसानको जीवनस्तर माथि उठ्थ्यो, तर व्यापारीले साउनभदौमै आएर बगान ठेक्का लिन्छन्, हामीले सस्तोमा दिनुपर्छ। अर्का किसान हरिप्रसाद कँडेलले पनि व्यापारीले अस्वाभाविक नाफा लिँदा किसान र उपभोक्ता ठगिएको बताए। किसानबाट ८० रुपैयाँमा किनेर बजारमा १०० रुपैयाँसम्ममा बेच्ने व्यवस्था भए दुवै पक्षलाई राहत हुने उनको सुझाव छ।
एक्सप्रेस
सम्बन्धित खबर
हिमालयन बैंकको १२ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौँ । हिमालयन बैंकको १२ लाख ८२ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १२ लाख ८२ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रत...
महँगीले थिचिँदै सर्वसाधारण, मुद्रास्फीति पुग्यो ५.९६ प्रतिशत
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको सोही महिन...
दोस्रो आर्थिक गणना, देशभरिका गणकलाई आजदेखि पाँचदिने तालिम
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान ग...
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२...
साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९...



