राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकियो
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ । यसैगरी ढुवानी १० हजार, गोष्ठी अन्तरक्रियाका लागि एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च १४ हजार ५०० खर्च गर्न पाइनेछ ।
त्यस्तै कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । आयोगले उम्मेदवारलाई निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्न निर्देशन दिएको छ । साथै, सो खाताबाट मात्र खर्च गर्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी त्यसको विवरण निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ ।
निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गरी निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र मर्यादित निर्वाचनका लागि तोकिएको खर्च सीमाको पालना गर्न सबै उम्मेदवारलाई अनुरोध गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
११ महिनादेखि अमेरिकामा रहेका देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा कांग्रेसको विरोध
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । ११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद प्रकाश देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि शा...
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । कतार...
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न जाँदा मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजात मान्य हुने निर्णय गरेको छ । आयोगका अनुसार माघ ११ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान ग...
मन्त्रिपरिषद् बैठकका ६ निर्णय केके हुन् ?
काठमाडौँ । सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२,०८३ देखि २०८६,०८७ स्वीकृत गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने निर्णय गरेको हो ।
यस्ता छन् निर्णयहरू
– अन्तर्राष्ट्रिय एकी...
गोरखा–१ मा सुधन गुरूङको अग्रता फराकिलो हुँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेद्वार सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ । पछिल्लो मत गणना अनुसार उनले ८ हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।
गुरूङले २१ हजार ५५० मत प्राप...
एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरका १ र ३ मा निर्वाचन, २ मा सर्वसम्मत
महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिहरू सर्वसम्मत चयन भए पनि निर्वाचन क्षेत्...



