बुधबार, ११ कात्तिक २०८३
नेपाली

ट्रेड युनियनमा लागेका कर्मचारीलाई निर्वाचनमा नखटाइने

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने निर्णय गरेको छ ।

आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघसंस्थासँग सम्बन्धित राष्ट्रिय स्तरका ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीहरू फागुन २१ गते हुने निर्वाचनमा खटाइने छैनन् ।

त्यसैगरी, यदि कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा, उक्त निर्वाचन क्षेत्रमा त्यस कर्मचारीलाई पनि खटाइने छैन ।

mediabaaji add

सम्बन्धित खबर

देशभर बदली : तराईमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

म...

मेलम्चीको पानी आपूर्ति बन्द

काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि...

राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्...

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्सको छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको...

नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नारायणघाट । बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।

जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सड...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...