बुधबार, २७ जेठ २०८३
नेपाली

हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता

Main News Image

© हरि खतिवडा

काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हामीभने आफ्नोपन भुलेर अरुको नक्कल गर्न आफूलाइ महाजन ,धनाड्य महसुस् गर्छौ।हाम्रो सँस्कृतिको फरक पनलाई महशुस् गर्न बिदेशी पर्यटक मरिहत्ते गरेर नेपाल आउँछन् ,हामीभने खिस्स दाँत देखाएर लन्डन पाउडर लगाएर स्वदेशी अर्गानिक चामल ,मकैको पिठो हो भनी घमन्ड गर्छौँ।अनि हामी बिर्सन्छौँ,भुल्छौँ,त्यो पर्यटक हामीले नाम मात्र सुनेको लन्डन घुमेर नेपाल आएको हो भनेर ।

म पनि टक्क बढो सान र फुर्तिसाथ कोट पाइन्ट लगाएर शसुराली जान्छु क्या ज्वाँइसाब बनेर । हो हुनत मेरा शसुरा बा १दौराशुरुवाल लगाउनुहुन्छ अनी ज्वाँइसाबको कोटपाइन्टमा मख्खीनुहुन्छ,तर मेरा जेठानको अगाडी दौरा शुरुवाल लगाउने हो भने ,उनको महङ्गो कोटलाई पनि मात ख्वाइदिन्थेँ ।किनकी मेरो जेठानलाई थाहाछैनकी दौराशुरुवालको महत्व र महङ्गाइ। यो एउटा प्रतिनिधी उदाहरण हो पोशाकको।

खानपिनमा पनि हामीले आफ्नोपन भुलीसक्यौँ।उ बेला मेरा हजुरबुबाले मकैको रोटी अनी दही मुछेर खाँदा तीन जनाको भाग काम एक्लैले गर्नुहुन्थ्यो तर आज म अजिनो मिसिएको चाउचाउको भरमा खेतमा पानीलगाउन पनि खुइ ! खुइ!गरिरहेको छु ।हरे मेरो खानपिन ,मेरो दुर्दशा।हरेक हाम्रा खानपिनमा रसाएन नमिसाउने हो भने ,मकैको पिठोलाइ आगोको भुङ्रोमा पकाएर खाने स्वाद तागत पिज्जा बर्गरको भन्दा बेसी छ।अरु त के कुरा , हामी हाम्रै भाषालाई पनि कम प्रयोग गर्न थालिसक्यौँ ।कति सुमधुर सुनिने शब्द” आमा “लाइ ममी, मम् आदीमा भनेर बिदेशीलाइ पनी नेपाली भाषामा पनी आमालाई ममी सिकाइरहेका छौँ। त्यस्तै विवाह बन्धनका कृयाकलापमा पनी हामी हाम्रो वस्तुस्थिती भुलिरहेका छौँ।

आजभोलि त विदेश त्यो पनी खाडीमुलुक होइन युरोपेली देश गएका केटा आफ्नी छोरीका लागि ज्वाँइ खोज्ने होडबाजी चलेको छ।हरेक ट्याक्स र सेवा शुल्क तिर्दा यहाँको सरकारी जागिरेको भन्दा कम तलब खाँदा नामर्द बन्ने गरेको छ स्वदेशी ठिटो।।अनि हामी कसरी आफ्नोपन सुरक्षा गर्न सक्छौँ। हरेक बस्तुहरूमा हामीले बिदेशी वस्तुहरू प्रयोग गर्दा हाम्रा वस्तुहरू कक्टेल बनिरहेका छन् ।कुन स्वाद ,कुन रङ्ग,कुन पहिचान?हाम्रा हरेक वस्तुहरु हाम्रो चिनारी मात्र नभएर बहुआयामिक वस्तुहरूसँग परनिर्भर भइरहेका हुन्छन्।जस्तो सगरमाथा हाम्रो चिनारीमात्र नभएर गौरब ,विदेशी भित्र्याउने ,रोजगारी प्रदान गर्ने ,बिदेशी मुद्रा आर्जन गर्ने आधार हो।त्यस्तै हाम्रो भाषा, सँस्कृति ,भेषभुषा ,रहनसहन ,चाडपर्व हाम्रा लागि पहिचान हो चिनारी हो ।

भावी सन्ततिका लागि पनि हामीले आफ्नोपन जोगाइराख्न अत्यावश्यक भइसक्यो । हामी आफैमा सजग सचेत रही सरकारबाट पनी ठोस कार्यक्रम तर्जुमा एवं कडाइका साथ कार्यान्वयन गर्नु हामी सबैको आफ्नोपन जोगाउने दरिलो आधार स्तम्भ हुन सक्दछ।जय!देश।जय !आफ्नोपन ।

mediabaaji add

सम्बन्धित खबर

आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...

नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

रुषा थापा_______________

भक्तपुर ।   माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...

‘राजनीति अयोग्यहरूको गुटले खेल्ने खेल हो ‘- सुरेश आचार्य (समाजसेवी)

काठमाडौँ । धादिङ जिल्लाको धुनिबेसी नगरपालिका ६ ,मा वि सं२०२९ मा जन्मनुभएका सुरेश आचार्य सानै उमेरदेखि राजनीतिप्रति सचेत हुनुहुन्छ ।  किशोर अवस्थामा विभिन्न सामाजिक कामहरूमा अग्रसर रहेर पछ...

शिक्षा, खेलकुद र उद्यमशीलता : जिम्मेवार युवाबाट समृद्ध समाजको आधार

मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपालका युवा आज इतिहासको निर्णायक मोडमा छन्। देशमा अवसरको कमी, वैदेशिक रोजगारीको आकर्षण र राजनीतिक अस्थिरताबीच पनि केही युवाहरू जिम्मेवार सोच, परिश्रम र नेतृत्वका माध्यमबाट नयाँ आशा बोके...

राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान

प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...

राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक

© मदन सिंह भाट

खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...