मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

Main News Image

तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटी सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारीका लागि आन्तरिक कामहरूलाई तीव्ररूपमा सञ्चालन गरिएको जानकारी दिए । लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदान स्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले कुनै पनि वडामा मतदान केन्द्रमा थप गर्नुपर्ने, मतदाता सार्नुपर्ने भएमा वडामा रहेको वडा मतदान स्थल तथा मतदान केन्द्रको सिफारिसमार्फत् कार्य अगाडी बढाउने निर्णय गरेको छ ।’ तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार नौ सय १५ जना रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

हर्कलाई लक्षित गर्दै कुलमानले भने : म मात्र ठीक भनेर हुन्न,नयाँ सबै मिल्नुपर्छ

काठमाडौँ । ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चुनावपछिको सरकारको नेतृत्व नयाँ दलले गर्नुपर्ने बताएका छन् । त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिँदै उनले चुनाव नै वर...

निर्वाचनलाई मध्यनगर गर्दै निगमले बढायो एलपी ग्यासको आयात

काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनगर गरेर नेपाल आयाल निगमले एलपी ग्यास आयात उल्लेख्य रुपमा वृद्धि गरेको छ । निगमले निर्वाचनलाई मध्यनजर गरेर थप ग्यास आयात गरिरहेको जनाएको छ । यो वर्षको सबैभन्दा बढी ग्यास मंगलबार हिजो लोड भएको निगमका कार्यकारी निर्द...

निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर सवारी सञ्चालनमा नियन्त्रण लागू हुने भए पनि पर्यटक आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले विशेष अनुमति प्रणाली लागू गरिएको छ । निर्वाचन आयोग नेपालले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविध...